फेवातालमा तैरिरहेको अवस्थामा युवाको शव फेला

काठमाडौं । पोखराको फेवातालमा तैरिरहेको अवस्थामा एक युवाको शव फेला परेको छ । स्थानीयले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तैरिरहेको शवका कपडामा मोबाइल, केही पैसा र लाइसेन्ससमेत फेला परेको थियो । ती कागजातबाट सनाखत समेत भएको कास्की प्रहरीले जनाएको छ।

शव सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ९ का सुजन थापामगरको रहेको प्रहरीले जनाएको थियो ।

जोशीका अनुसार शव हेर्दा बिहीबार बेलुका डुबेको हुनसक्ने अनुमान छ ।

प्रहरीले मुचुक्ला उठाएर शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । थप अनुसन्धान पनि प्रहरीले गरिरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप