सरकारले १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने

काठमाडौं । सरकारले भारतबाट तत्कालै १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको छ । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले छलफल गरेर १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको हो ।

मन्त्रालयमा सचिवसँग भएको छलफलका क्रममा तत्कालै १० लाख मेट्रिक टन धान, १ लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी ल्याउने निर्णय भएको वाणिज्य आपूर्ति तथा आपूर्ति संरक्षण विभागका महानिर्देशक गजेन्द्र प्रसाद ठाकुरले जानकारी दिए । तर, कसरी र कहिले ल्याउनेबारे भने मन्त्रालयले निर्णय गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तीजको दिन सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन स्थिर …

प्रतिकृया दिनुहॊस