काठमाडाैँ । बिहीबार ने पाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत भएको छ। कम्पनीको कुल ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणलाई निष्कासनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ८० लाख कित्ता सहित उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले पहिलो कारोबारको लागि १७६ रुपैयाँ ५३ पैसादेखि ५२९ रुपैयाँ ५९ पैसाको मूल्य रेञ्ज पाएको छ। नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि उनीहरूको नेटवर्थको तीन गुणासम्म मुल्य रेञ्ज दिने गर्छ। कम्पनीको कारोबारको लागि संकेत ‘आइएलआई’ रहेको छ।
कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट हुने समेत जनाएको छ।
तपाईंको प्रतिकृया




