संसदीय सुनुवाई समितिले गर्‍यो प्रस्तावित दुई राजदूतको सुनुवाई

कठमाडौँ । संसदीय सुनुवाई समितिले दुई देशको राजदुतमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई गरेको छ । समितिको बिहीबार बसेको बैठकले युनाइटेड अबर इमिरेट्स (युएई) का लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको सुनुवाई गरेको हो ।

प्रस्तावित राजदूतले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताए । बैठकमा बोल्दै युएईका लागि प्रस्तावित नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आफ्नो लागि यो एउटा अवसर भएकाले त्यहाँ रहेका नेपालीहरुको सहयोग गर्ने प्रतिवद्धता जनाए । बैठकमा कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालले आफू संसदीय समितिबाट अनुमोदित भएपछि कुवेतमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमानलाई ध्यान राखेर काम गर्ने बताए ।

समितिको बैठकमा सांसदले राजदूतहरुले नियुक्त भएको देशमा पुगेपछि विश्रामस्थलको रुपमा लिने गरेको भन्दै आगामी दिनमा त्यसो नगर्न सचेत गराए । राजदूत नियुक्त भइसकेपछि सम्बन्धित देशमा रहेका नेपाली नागरिकको हक हीत सुनिश्चित गर्न जोड दिन आग्रह गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस