एलआइसी नेपालको साधारण सभा

काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) को साधारण सभा बस्दैछ । सभा मध्यान्ह १२ः१५ बजे बस्नेछ ।

यसअघि दिउँसो ४ बजे बस्ने भनिएकोमा समय परिवर्तन गरेर १२ः१५ बजे निर्धारण गरिएको हो । साधारण सभा लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौंमा हुनेछ। यस कम्पनीले २० औं साधरणा सभा डाकेको हो। यता, कम्पनीले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ ।

लाभांश वितरण सम्बन्धी एजेन्डा छैन। यसले गत वर्ष भने २०% बोनस सेयर र कर तिर्न १.०५% लाभांश वितरण गरेको थियो। सभामा ४.६५% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव रहेको छ।

यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ। सभामा कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन ९ गते बुक क्लोज गरिसकेको छ। साउन ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३ महिनामै २० करोड नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफा २० करोड नाघेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा …

प्रतिकृया दिनुहॊस