काठमाडौँ । हास्य कलाकार तथा निर्माता, निर्देशक दीपकराज गिरीले राजनीतिले मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत एउटा समूहले अर्को समूहलाई भेडा, भेडा भनेको सुन्दा राजनीतिले बिस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको बताएका हुन् ।
उनले भनेका छन्, ‘उसले उसलाई, त्यसले त्यसलाई । एउटा समूहले अर्को समूहलाई भेडा-भेडा भनेको सुन्दा राजनीतिले बिस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्छ…।’
तपाईंको प्रतिकृया



