‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा

काठमाडौं । केएल दुगड ग्रुपले नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी औपचारिक रूपमा सार्वजनिक गरेको छ।

ह्यान्डपिक गरिएको कफी बिनहरूबाट तयार गरिएको दाबी गरिएको क्याफेजा रिच रोस्ट’मा अरेबिका र रोबस्टाको मिश्रण भएको कम्पनीले जनाएको छ।

खाद्य प्रविधिका अनुभवी र कुशल विशेषज्ञहरूले कफीलाई विभिन्न विधिहरूको माध्यमबाट परीक्षण र उपभोगको लागि उत्कृष्ट प्रमाणित गरेको कम्पनीले दाबी छ।

क्याफेजा कफी डिपार्टमेन्ट स्टोरहरू तथा किराना पसलहरूमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। यो उत्पादन ४० ग्राम पाउच र ३६० ग्रामको बक्समा लन्च उपलब्ध छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री