होटेल क्राउन इम्पेरियलले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले अर्किड होल्डिंग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । यसले सर्वसाधारणमा बिक्री गरिने एक सय रुपैयाँ अंकित दरका एक अर्ब १५ करोड रुपैयाँ बराबरको एक करोड १५ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिंग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलकोे तर्फबाट प्रबन्ध संचालक सुधिर मान मास्केले हस्ताक्षर गरेका छन् ।

यस कम्पनीले २०७६ सालदेखि रविभवनमा चार तारे होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ । १३१ ओटा कोठा रहेको चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल रहेका छन् । यसका साथै उस होटलमा ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस