फर्स्ट माइक्रोफाइनान्सको नाफा प्रभावित

काठमाडौं । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ। यसअवधिमा खुद नाफा २३.३९ प्रतिशतले घटेर १९ करोड ६९ लाख ३० हजार रुपैयाँमा आएको छ।

अघिल्लो वर्षको यसैअवधिमा यसले २५ करोड ७० लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअवधिमा खुद ब्याज आम्दानी सामान्य अर्थात १.८७ प्रतिशतले बढेर ४३ करोड ३४ लाख ३४ हजार रुपैयाँ पुगेको छ।

एक वर्षको अवधिमा यस कम्पनीको सञ्चालन नाफा, खुद फि तथा कमिसन आम्दानी घटेको छ भने खराब कर्जा बढेको छ। यसले गर्दा खुद नाफा प्रभावित भएको हो। सञ्चालन नाफा २३.३९ प्रतिशतले घटेर २८ करोड ४७ लाख ३४ हजार रुपैयाँमा आएको छ।

खराब कर्जा ०.६६प्रतिशत पुगेको छ। असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४९ पैसाले घटेर १७ रुपैयाँ १६ पैसामा आएको छ। नाफा घट्दा प्रतिसेयर आम्दानी पनि प्रभावित भएको हो। प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ८७ पैसा छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री