दाेहाेराे अंकले घट्याे सेयर बजार

काठमाडौ । मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी भएपछि सेयर झनै उच्च अंकले घटेको छ ।

आइतबार नेप्से २६.७३ विन्दुले घटेर २१००.३४ अंकमा आएर अडिएको छ । यस्ता विन्दुहरु आम लगानीकर्ताका लागि मनोवैज्ञानिक रुपमा समेत महत्वपूर्ण हुने गर्छन् ।

यसअघि मौद्रिक नीति सार्वजनिक हुने दिन बजार २२२७.१६ विन्दुमा बन्द भएको थियो । त्यसपछि लगातार बजार घटेको हो । यसबीचमा बजार करिब १२७ अंक घटिसकेको देखिन्छ । आइतबार करिब २ अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

५० लाखसम्मको कर्जामा जोखिमभार १०० प्रतिशतमात्र गरिए पनि लगानीकर्ता खुशी हुन सकेका छैनन् । यस दिन २६६ कम्पनीको ६८ लाख ६० हजार कित्ता सेयर कारोबार भएको छ ।

१४ करोड ७८ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र एभरेष्ट बैंक परेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस