सारुकको मोबाइलमा भेटियो सुसाइड नोट- कसैलाई दु:ख नदिन प्रहरीलाई अनुरोध !

काठमाडौँ । अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ ।

गत असार २१ गते काठमाडौं रातोपुलस्थित आफ्नै निवासमा भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीकाअनुसार सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेको भेटिएको छ ।

सारुकले नोटमा लेखेका छन् – ‘पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद ।’

सारुकले सुसाइड नोटमा कसैलाई दु:ख नदिन प्रहरीलाई अनुरोध गरेका छन् । ३१ वर्षीय ताम्राकारले ‘रानी’ फिल्मबाट डेब्यू गरेका थिए भने पछिल्लो समय उनी ह्यासट्याग माया फिल्मको छायाङ्कनमा व्यस्त थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस