धादिङको ताल्तीमा पनि सानिमाको एटिएम

काठमाडौं । धादिङको रोराङ गाउँपालिकावासीमाझ वित्तीय पहुँच पु-याउने उद्देश्यले सानिमा बैंकले बुधबार बेनीघाट रोराङ गाउँपालिका ताल्तीस्थित हुवासिन सिमेन्ट नारायणी प्रालि उद्योग परिसरमा एटिएम स्थापना गरेको छ ।

एटिएम बुथको एक समारोहबीच बेनीघाट रोराङ गाउँपालिका २ का अध्यक्ष हेमराज भुजेल, उद्योगका जनरल मेनेजर सियाङ चाङ होङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ र बागमती प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

वडाध्यक्ष भुजेल तथा जेनेरल मेनेजर होङले गाउँपालिकामा बैंकिङ सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेकामा बैंकलाई धन्यवाद दिनुभयो । बैंकका प्रमुख संस्थागत निक्षेप श्रेष्ठले सो क्षेत्रका जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटिएम सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस