कुमारी बैंकको २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । कुमारी बैंकले २ लाख ४० हजार १०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी वसन्तकुमार चौधरी र राजुबहादुर श्रेष्ठको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी वसन्तकुमार चौधरीको २ लाख २३ हजार २७१ कित्ता र राजुबहादुर श्रेष्ठको १६ हजार ८३० कित्ता सेयर रहेको छ । यस सेयरमा हाल विद्यमान सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् ।

यस सेयरमा इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र काठमाडौँको नक्सालस्थित कुमारी क्यापिटल र काठमाडौँको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई उक्त सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराज केयमुबिच बैंकमा निक्षेप खाता रहेका …

प्रतिकृया दिनुहॊस