रिद्धि सिद्धि सिमेन्टले मकवानपुरका विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडाैँ । द्धि सिद्धि सिमेन्ट लि.ले यसवर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि ‘मकवानपूर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ।

यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परीक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तिर्ण भएका मकवानपुरका विद्यार्थीहरुलाई लक्षित गरि ल्याएको हो। एसईई परीक्षामा ३.६ जिपिएदेखि ४ जिपिए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा पाँच हजार, दोश्रो हुनेलाई तीन हजार पाँच सय, तेश्रो हुनेलाई दुई हजार पाँच सय, साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा एक हजा पाँच सय कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ।

यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट वा फेसबुक पेजमा गई उल्लेखित क्यूआरमा स्क्यान गरी फारम भर्न सकिनेछ। आवेदकको फारम बुझाउने अन्तिम मिति यही साउन २१ सम्म तोकिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेमा गिरावट, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । आजको दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा पुगेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds