एमालेले गृह र अर्थ मन्त्रीको राजीनामा माग्ने, संसद् अवरुद्ध गर्ने तयारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बसिरहेको छ । करिब एक क्यीन्टल सुन अवैध रूपमा आयात भएको विषयमा पार्टीको थप धारणा तय गर्न संसदीय दलको बैठक बसेको हो ।

बैठक नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा जारी रहेको एमाले सांसद ठाकुर गैरेले जानकारी दिए । सुन प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।प्रकाशशरण महतको राजीनामा माग्ने एमालेको तयारी छ । अवैध रूपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको नदेखिएको एमालेले बताउँदै आएको छ ।

सोमबारमात्रै कम्बोडिया भ्रमणबाट फर्केका अध्यक्ष केपी ‌ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको सन्दर्भमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेका थिए । उनले गृहमन्त्रीको ‘बद्तमिज र गैरजिम्मेवारी’ ले हद नाघेको उल्लेख बताएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री