काठमाडौं । ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतिको स्वर रहेको गीत ‘छ-जी’सार्वजनिक भएको छ । सौरभको आफ्नै शब्द र जेम्स प्रधानको संगीत रहेकोे नेवारी गीत ‘छ-जी’को भिडियो सार्वजनिक भएको हो ।
ज्योत्सना योगीको निर्देशन रहेको गीतको भिडियोमा सौरभसँगै आचल ताम्राकार, रसिक श्रेष्ठ, सिर्जना शाक्य ज्योति र टीका निरौलाको अभिनय छ ।
नयन राईले छायांकन गरेको गीतको भिडियो अशोक अधिकारी र न्हुजन डंगोलले सम्पादन गर्नुभएको छ । प्रेमभावमा आधारित गीतको भिडियोे एस जे मोटो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
तपाईंको प्रतिकृया



