कांग्रेस बैठकमा विनोद चौधरीको आक्रोश- मलाई हराउन पार्टीकै मान्छेहरू लागे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीबाट टिकट पाएपछि आफूलाई हराउन कांग्रेसकै एउटा समूह लागेको आरोप लगाएका छन् ।

आइतबार कांग्रेस केन्द्रीय समिति बैठकमा उनले आफूलाई चुनावमा कसरी जिताउनेभन्दा पनि कसरी रोक्ने, छेक्ने र कसरी विरोधको वातावरण बनाउने भनेर पार्टीकै केही व्यक्तिहरू प्रत्यक्ष संलग्न भएका आरोप लगाए ।

उनले पार्टी संगठन, भ्रातृ संगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसक्ने हो भने पार्टी पार्टीका रूपमा रहन नसक्ने बताए । उनले अहिले नयाँ–नयाँ पार्टीहरू सलबलाइरहेका र नाम नै नसुनिएका उम्मेदवार उठ्दा पनि हजारौँ भोट पाइरहेको अवस्थामा आफूहरू एकढिक्का हुनुपर्ने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस