दण्डहीनतालाई संस्थागत गराउने विधेयक खारेज गरियोस् : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेस नेता शेखर कोइरालाले हालै प्रतिनिधिसभाबाट पारित भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०८०’ तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्दै डा. कोइरालाले यो विधेयकले दण्डहीनताले संस्थागत रुपमा लैजाने भन्दै खारेजको माग गरेका हुन् ।

उनले भने- ‘राज्यका जिम्मेवार निकायहरुकै कारण देशमा पछिल्ला दिनहरुमा दण्डहीनता बढेर गएको छ । नीतिगतरुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भईरहेको छ । हाल संसदमा रहेको ‘मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक-२०८०’ तत्काल खारेज गरिनुपर्छ । यदि यो विधेयक संसदबाट पारित भए देशमा दण्डहीनताले संस्थागत रुप लिन्छ । जनता दण्डहीनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहना राख्छन् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस