भद्रकुमारी घले सदन नभत्काउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सेवा सदन भत्काउने महानगरपालिकाको चेतावनीपछि अदालत पुगेकी भद्र घलेले निषेधाज्ञाको माग गर्दै दिएको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले बुधबार यस्तो आदेश दिएको हो ।

बुधबार नै महानगरको डोजरसहितको टोलीले काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनका केही संरचना भत्काएको छ । महानगरले बाँकी संरचनामा पनि डोजर चलाउने बताउँदै आएका बेला अदालतको यस्तो आदेश आएको हो ।

घलेको निवेदनमाथि सुनवाइ गर्दै न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो । अदालतले दुवै पक्षलाई छलफलका लागि आउन ८ साउनमा बोलाएको छ ।

यस्तो छ आदेश :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ चुनाव : प्रकाशित सदस्यता नामावलीप्रति ५२ शाखा अध्यक्षको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाउका हुन् ।

प्रतिकृया दिनुहॊस