भुर्तेलको अलराउन्डर प्रदर्शनमा नेपालको सान्त्वना जित

काठमाडौं । नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए लाई ३ विकेटले पराजित गरेको छ । युएई ए ले दिएको १५८ रनको लक्ष्य पछाएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७१ रन बनाए भने देव खनाल र सन्दीप जोराले २४-२४ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ११, कप्तान रोहित पौडेलले ९, प्रतिष जिसीले ८, कुशल मल्लले २ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएई ए ले ४४ ओभरमा अल आउट हुँदै १५७ रन मात्र बनाएको थियो । युएई ए का लागि लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए भने इथान डिसुजाले १८, अस्वन्थ बहालथापाले १६ रन्को योगदान गरेका थिए । त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिएका थिए । भुर्तेलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिएका थिए । मौसम ढकालले २ विकेट लिए भने पवन सराफ र कुशल मल्लले एक एक विकेट लिए ।

योसँगै  एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले सान्त्वना जित हासिल गरेको छ । समूह बि मा नेपाल तेस्रो हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल यसअघि पाकिस्तान र भारतको ए टिमसँग पराजित भएको थियो । साथै युएई ए टिमले भने समूहका तिनै खेलमा हार बेहोरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले गर्‍यो अमेरिकाविरुद्धको सिरिज ‘क्लिन स्वीप’

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरज ‘क्लिन स्वीप’ गरेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस