एनआईसी एशिया बैंकले ल्यायो ‘मुद्दती खाता कर्जा,’ अनलाइनबाटै २ लाखसम्मको कर्जा तुरुन्तै पाइने

काठमाडौं । एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा (अनलाइन लोन एगेनिष्ट फिक्स्ड डिपोजिट) नामको योजना ल्याएको छ । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धन गर्न यो योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक) एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै पाउने छन् ।

कसरी पाइन्छ ? यस्तो छ प्रकृया

यो कर्जाको लाभ लिन योग्य ग्राहकले मोबाइल बैंकिङ्ग एप वा वेबसाइटमा उपलब्ध ‘एप्लाई फर लोन एगेनिष्ट एफडी’ विकल्प जान सक्नेछन् । उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहक महानुभावहरूले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि २ लाख रुपैयाँसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटीपी (ओटीपी) कोड प्राप्त हुनेछ । अब उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकको खातामा तुरुन्तै जम्मा हुनेछ ।

साथै, यस योजनमार्फत २ लाख रुपैयाँभन्दा माथिको कर्जाको हकमा भने लागि ग्राहकले डिजिटल फर्म भरेर यस बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि कर्जा प्राप्त गर्न सक्नेछन् । यसरी मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकले हरेक त्रैमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने नियम रहेको छ भने कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म साँवा भुक्तानी गर्नु पर्नेछ । न्यूनतम ५ हजार रुपैयाँ कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहकले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रकृया शुल्क, कर्जा भुक्तानी सुविधा, पुर्नतालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रकृयाको क्रममा जानकारी प्राप्त गर्न सक्नेछन् ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५१९ एटिएम, १११ वटा विस्तारित काउण्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस