मौसमविद् भन्छन्- ‘भोलिदेखि कम पानी पर्ने अनुमान छ’

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । भोलिदेखि देशभर कम पानी पर्ने पूर्वानुमान गरिएको छ । मौसमविद् विनु महर्जनकाअनुसार मनसुन क्रमिक रूपमा निष्क्रिय हुने भएकाले भोलिदेखि कम पानी पर्ने पूर्वानुमान गरिएको हो ।

केही दिनसम्म तराई क्षेत्रमा कम र पहाडी क्षेत्रमा हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ । ‘मौसमको न्यूनचापीय रेखा पश्चिमतिर सरदरकै स्थानमा रहेकाले हल्का तथा मध्यम वर्षा भइरहेको छ,’ उनी भन्छिन्, ‘पूर्वमा दक्षिणतर्फ सरेकाले पानी कम परेको छ। भोलिदेखि कम पानी पर्ने अनुमान गर्न सकिन्छ ।’

हिजो नेपालमा चीनको तिब्बत क्षेत्रमा बादल नेपाल प्रवेश गरेको देखिएको थियो । रातिदेखि नै बागमती र गण्डकीका एक-दुई स्थानहरूमा भारी वर्षासमेत भएको छ ।

हेर्नुहोस् तीन दिनको पूर्वानुमान :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री