काठमाडाैँ । कुमारी बैंक लिमिटेडले निश्चित ब्याजदरमा आकर्षक घर कर्जा योजना ल्याएको छ। यस योजना अनुसार सेवाग्राहीहरुले ११.७९ प्रतिशत निश्चित ब्याजदरमा घर कर्जाको सुविधा उपयोग गर्न सक्नेछन्।
यस घर कर्जा योजनामा पहिलो ७ वर्षसम्म ब्याजदर निश्चित रहने छ। ऋण प्राप्त गरे पश्चात, ग्राहकहरूले सो ऋणको रकमलाई नयाँ घर÷अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा अन्य थप निर्माण कार्य गर्न पनि प्रयोग गर्न सक्छन्।
बैंकले आफ्नो स्थापनाकालदेखि नै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नवीन र ग्राहकमैत्री योजनाहरु ल्याउँदै आएको जनाएको छ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखा रहित बैंकिङ ईकाई सहितका सञ्जालहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
तपाईंको प्रतिकृया




