एलओडीमा मातेकी किशोरीलाई कोठा लगेर बलात्कार गर्ने कोइराला कारागार चलान

काठमाडौं । ललितपुर जिल्ला अदालतले एलओडी क्लबमा मदिराले मातेकी किशोरीलाई सानेपा पुर्‍याएर बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई कारागार चलान गरेको छ ।

कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइरालालाई कारागार चलान गर्ने आदेश भएको हो । कोइरालाले १५ वर्षीया किशोरीलाई जेठ ३१ गते सानेपास्थित आफ्नो अफिस कोठामा बलात्कार गरेको आरोपपछि प्रहरीले तत्कालै उनलाई पक्राउ गरेको थियो ।

कोइराला र ती किशोरीबीच राति एलओडी क्लबमा भेट भएको थियो । त्यसअघि उनीहरुबीच भेटघाट भएको थिएन । प्रहरी अनुसन्धानमा कोइरालाले पीडित किशोरीले भने बमोजिम एलओडीमा मदिरा किनिदिएको र सात हजार रुपैयाँमा रात बस्ने सहमतिअनुसार आफ्नो अफिस कोठामा पुर्‍याएको बताएका थिए ।

यद्यपी कोइरालाले शारीरिक सम्पर्क गरेको भने अस्वीकार गरेका थिए । पीडित किशोरी बुढानिलकण्ठस्थित दिदीको घरमा उदयपुरबाट भेटघाटका लागि आएकी थिइन् । सामाजिक सञ्जालबाट चिनजान भएकी साथीमार्फत त्यस दिन उनी एलओडीमा रमाइलो गर्न पुगेको उनले प्रहरीमा बताएकी थिइन् । क्लबमा पीडित किशोरीलाई छाडेर ती साथी हराएकी थिइन् । पीडित किशोरीका अनुसार ती साथीसँग भेटाई दिने भन्दै कोइरालाले गाडीमा हालेर उनलाई लगेका थिए ।

एलओडीका सञ्चालक हाजिरी जमानीमा छुटे
नाबालिगलाई क्लबमा छिराएको आरोपमा पक्राउ परेका चर्चित लर्ड अफ ड्रिम्स (एलओडीका सञ्चालकलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।

lod sanchalak

एलओडीमा छिरेकी १५ वर्षीया किशोरी त्यहाँबाट निस्किएपछि सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका दुई जना सञ्चालकलाई पक्राउ गरेको थियो । काठमाडौं प्रहरी प्रवक्ता सीताराम रिजालले सरकारी वकिलको अनुमति लिएर हाजिरी जमानीमा छाडिएको जानकारी दिए । ‘हिरासत बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने व्यवस्थाअनुरुप उनिहरुलाई हाजिरी जमानीमा छाडिएको हो’ एसपी रिजालले भने । प्रहरीले एलओडी सञ्चालक रुदिल बल्लब श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा …

प्रतिकृया दिनुहॊस