ठगी गर्ने सहकारीलाई सरकारले कानुनअनुसार कारबाही गर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगि गर्ने सहकारीहरुलार्ई कानून अनुसार कारबाही गरिने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले सरकारले ठगि गर्ने सहकारीको अनुगमन र जाँचबुझ गरी प्रचलित कानून अनुसार कारबाही प्रक्रिया जारी रहेको बताए ।

उनले सरकारले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब गरिब परिचय पत्र वितरण कार्य सम्पन्न भएको बताए । उनले १५ वटा जिल्लामा गुनासो सुनुवाईको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरुको तथ्याङक विश्लेषण गर्ने कार्य भइरहेको बताए ।

उनले भने, ‘सहकारी ठगि गर्नेलाई प्रचलित कानून बमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौँ । मन्त्रालयले हालसम्म ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब गरिब परिचय पत्र वितरण कार्य सम्पन्न भएको छ भने १५ वटा जिल्लामा गुनासो सुनुवाईको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरुको तथ्याङ्क विश्लेषण गर्ने कार्य भइरहेको छ । आर्थिक वर्ष २०८०/८१ भित्र सबै जिल्लामा गरी गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गर्ने गरी कार्यक्रम अघि बढाउने व्यहोरा जानकारी गराउन चाहन्छु ।’

उनले आर्थिक वर्ष २०८०/८१ भित्र सबै जिल्लामा गरी गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गरिसक्ने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस