प्रहरी कार्यालयमै जवानलाई चरम यातना, हात पछाडि बाँधेर १२ घण्टा राखियो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवानलाई पछाडि हात बाँधेर चाैकीभित्रै यातना दिएको भिडियो बाहिर आएको छ । प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भन्दै भिडियो बाहिरिएको हो ।

२ मिनेट १८ सेकेन्डको भिडियोमा जवान रायले रुङ्दै ‘यसरी यातना नदिनुस्, बरु मार्दिनुस्’ भनेर याचना गरेको दृश्य समेत भिडियोमा छ ।  उनले ‘म अपराधी होइन सर, बुटैबुटले किन हान्नुहुन्छ?’ भनेर समेत सोधेका छन् ।

मादक पदार्थ कहाँ सेवन गरिस् ? भनेर सोधखोज भएको र उनले मादक पदार्थ सेवन गरेको छैन भनेको पनि भिडियोमा देख्न सकिन्छ । जवान रायलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमन्त राईले यातना दिएको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्रराज पाण्डेले प्रहरी सेन्ट्रीलाई अवरोध गरेको तथा मार्छु र आफू पनि मर्छु भन्ने खालका अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिएको दाबी गरे । घटनाको वास्तविकताबारे प्रहरीले थप अनुसन्धान सुरू गरिसकेको पनि जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितहरुलाई अख्तियार प्रमुख र आयुक्तहरुको सात दिनको तलब

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्त, सचिव, सहसचिव, उपसचिवलगायत कर्मचारीहरूले तलब बापतकाे …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds