सीताको पार्थिव शरीर पेरिसडाँडामा लगियो

काठमाडौँ । दिवङ्गत सीता दाहालको पार्थिव शरीर नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा लगिएको छ । उनको बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नर्भिकबाट पेरिसडाँडामा लगिएको हो । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत रहेकी दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ ।

दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री