मिटरव्याजविरूद्धको कानून पारित गर्न माग गर्दै संसद् भवन घेराउ

काठमाडौं । मिटरव्याजविरूद्धको कानून पारित गर्न माग गर्दै संघीय संसद भवन घेराउ गरिएको छ । काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवन अगाडि आइतबार मिटरव्याजपीडितहरूले मिटरव्याजविरूद्ध कानून छिटो पारित गर्न माग गर्दै घेराउ गरेका हुन् ।

सरकारले मिटरव्याजविरूद्ध अध्यादेश ल्याए पनि संसदको दुवै सदनबाट प्रतिस्थापन विधेयक ६० दिनभित्र पारित नहुँदा निष्क्रिय भएको थियो । सरकारले मिटरव्याजविरूद्ध नयाँ विधेयक संसदमा अघि बढाउने तयारी गरिरहेको छ । पछिल्लो समय मिटरब्याज पीडितविरुद्धको कानुन पारित गराउने तयारी भइरहेका बेला पीडितहरूले दबाब सिर्जना गरेका हुन् ।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको संसद अवरोधका कारण कानुन पारित हुन सकेको छैन । लगातार तीन दिन बैठक अवरुद्ध गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अभिव्यक्तिबारे संसदमा जवाफ दिने सहमति बनेको छ । शीर्ष नेताहरू संसद खुलाउने छलफल गरिरहँदा पीडितहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरस्थित संसद भवनसम्म प्रदर्शन गर्दै पुगेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस