आईएमई पे एपबाट नेपाल पेको क्युआर स्क्यान गर्न सकिने

काठमाडाैं । आईएमई पे एपबाट ‘नेपाल पे’ को क्युआर स्क्यान गर्न मिल्ने भएको छ। सेवाग्राहीहरुले अब नेपाल पेको क्युआर स्क्यान गरी आइएमई पे एप मार्फत भुक्तानी गर्न सक्ने छन्।

नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड अनुसारको क्यूआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर सञ्चालनमा ल्याएको थियो।

नेपालमा क्यूआर स्क्यान मार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आईएमई पे र नेपाल पेको आवद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विश्वास गरिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस