तोलामा सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार प्रति तोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री