सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका नेताहरूको बैठक बसिरहेको हो ।

बैठकमा संसद्‌मा जारी अवरोध, कोशी प्रदेशको मुख्यमन्त्री चयन, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री