काठमाडौं । संसदीय समितिको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने दलहरूको सहमत भएका छन् । सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको सर्वदलीय समिति बैठकमा सत्तारुढ र प्रमुख प्रतिपक्षीलगायत दलले संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेका हुन् ।
सभापति चयन नहुँदा संसदीय समितिहरुले काम गर्ने नसकेपछि सभामुख घिमिरे दलहरुलाई घच्घच्याउन बैठक बोलाएका थिए । बैठकमा सभामुख घिमिरे संसदीय समितिको नेतृत्व चयनमा ‘तपाईंहरूबीच कुनै समझदारी हुन्छ कि निर्वाचन प्रक्रिया अघि बढाऊँ ?’ भन्दै शीर्ष नेताहरुलाई सोधेका थिए ।
नेताहरुले अब सभापति चयन प्रक्रियामा बिलम्ब नगर्ने प्रतिबद्धता जनाए । चयनबारे सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गरेर चाँडै प्रक्रियाअघि बढाउने सहमति भएको कानुन तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको भनाई छ ।
तपाईंको प्रतिकृया




