इन्स्पेक्टरको महिला प्रहरीलाई म्यासेज- ‘म तिम्रो शरीरको फ्यान हुँ’

काठमाडौं । इन्स्पेक्टर सुवास तिमिल्सिनामाथि छानबिन अघि बढेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको बाहिरिएपछि छानबिन अघि बढेको हो ।

पीडित महिला प्रहरीले इन्सपेक्टर तिमिल्सिनाले पठाएको भनिएको म्यासेजको स्क्रिनसट ट्विटरमा पोष्ट गर्दै आफूलाई असुरक्षित बनाएको उल्लेख गरेकी थिइन् । ‘सुरक्षा सेवक भएर उनले महिलामा असुरक्षा पैदा गरिरहेका छन्, नेपाल प्रहरीको शक्तिमार्फत,’ ती महिलाले भनेकी छन् ।

उनले पोष्ट गरेको स्क्रिनसटमा तिमिल्सिनाले आफू ती महिला प्रहरीको ‘फिगरको फ्यान’ भएको, फोटो पठाउन अनुरोध गरेकालगायत म्यासेज छन् । ट्विटर ह्याण्डलमा उक्त विवरण सार्वजनिक भएलगत्तै कास्की प्रहरीले छानबिन गर्न समिति गठन गरेको हो ।

इलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत डिएसपी प्रकाश दाहालको संयोजकत्वमा इन्सपेक्टरदेखि प्रहरी जवानसम्म सदस्य रहेको छानबिन समिति गठन गरेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए । ‘इन्स्पेक्टरले म्यासेज पठाएको हो कि होइन, हामी साइबर ल्याबबाटै छानबिन गर्छौं,’ एसपी केसीले भने, ‘छानबिनबाट दोषी देखिए कारबाही अघि बढ्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री