विश्वमा सबैभन्दा धेरै बिदा नेपालमा, कहाँ कति ?

काठमाडौं । विश्वमा सबैभन्दा धेरै सार्वजनिक बिदा नेपालमा दिइने गरेको पाइएको छ । सरकारले विसं २०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिएको हो ।

धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने बताइन्छ । नेपालमा हप्ताको एक दिन (शनिबार) मात्र साप्ताहिक बिदा दिने प्रचलन छ । विश्वमा विकशित मुलुकहरुमा सार्वजनिक बिदा धेरै हुँदैन । तर विकसित मुलुकहरुमा हप्ताको पाँच दिनमात्र कार्यालय खुल्ने गर्दछ र दुई दिन (शनिबार र आइतबार) साप्ताहिक बिदा दिइन्छ ।

नेपालमा पनि साताको ५ दिन कार्यालय खोलेर दुई दिन साप्ताहिक बिदा दिने व्यवस्था गरिएको थियो । तर सरकारले पछि सो व्यवस्था हटाएको थियो ।

विश्वमा विभिन्न देशले दिने सार्वजनिक बिदा यस्तो छ:

नेपाल– ३५
म्यान्मा–३२
इरान– २५
श्रीलंका– २५
बंगलादेश– २२
इजिप्ट– २२
कम्बोडिया– २१
भारत– २१
अर्जेन्टिना– १९
लेबनान– १९
कोलम्बिया– १८
फिलिपिन्स– १८
आइसल्यान्ड– १६
इन्डोनेसिया– १६
जापान– १६
पाकिस्तान– १६
कजाकस्तान– १६
थाइल्यान्ड– १६
अस्ट्रिया– १४
चिली– १४
डेनमार्क– १४
नर्वे– १४
दक्षिण कोरिया– १४
टर्कीए– १४
भेनेजुएला– १४
चेक– १३
फिनल्यान्ड– १३
पोल्यान्ड– १३
स्पेन– १३
इटाली– १२
स्विडेन– १२
युक्रेन– १२
चीन– ११
फ्रान्स– ११
नेदरल्यान्ड्स– ११
रुस– ११
दक्षिण अफ्रिका– ११
अमेरिका– ११
अस्ट्रेलिया– १० देखि १३
जर्मनी– १० देखि १३

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री