काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ शून्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




