कांग्रेस-माओवादीबाहेकका सत्ता साझेदारले बजेट पास गर्न सघाउलान् ?

काठमाडौँ । कांग्रेस, माओवादी बाहेकका सत्ता साझेदार दलहरूले संसदबाट बजेट पास गर्न सघाउने कि नसघाउने भन्ने विषयमा निर्णय लिँदै छन् । जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र जनमत पार्टीले बैठक बसेर निर्णय लिने तयारी गरेका हुन् ।

यी दलहरूले यथास्थितिमा बजेट पारित गर्न नसकिने सार्वजनिक रूपमा धारणा राख्दै आएका थिए । आजको बैठकपछि मात्रै आधिकारिक धारणा आउने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे बताउँछन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने मंगलबार नै बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षमा रहेका अन्य दलहरू रास्वपा, राप्रपा, नेमकिपालगायतले संशोधन बिना कुनै हालतमा बजेट पारित हुन नदिने बताउँदै आएका छन् ।

विनियोजन विधेयक २०८० (बजेट) पास गर्नका लागि सरकारले आज प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेस गर्दै छ । यसका लागि बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको हो ।

गत जेठ १५ गते अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । सत्ता साझेदार दलकै नेताहरुले बजेट विभेदकारी भएको भन्दै संशोधनको माग गरेका थिए । तर अहिले बजेट संशोधन गर्न सम्भव नभएको भन्दै बजेट पास गर्ने तयारी छ ।

हेर्नुहोस् कार्यसूची :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस