प्रतिनिधिसभा बैठक : बजेट पारितका लागि प्रस्ताव पेस हुँदै (कार्यसूची)

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ ।

त्यसअघि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

लगत्तै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अन्तिममा अर्थ मन्त्री डा. प्रकाश शरण महतले ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उनले  ‘आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव, ‘आर्थिक विधेयक, २०८०’ माथि दफावार छलफलको लागि दिन तोकिने र  ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री