काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ ।
मेयर शाहले अदालतको अवहेलना गरेको भन्दै मंगलबार परेको रिट निवेदनउपर सुनुवाई गर्दै न्यायाधीश तीलप्रसाद आचार्यको इजलासले मेयर शाहसँग लिखित जवाफ मागेको हो । उनीविरुद्ध अघिवक्ता वर्षाकुमारी झाले रिट दायर गरेकी थिइन् ।
मेयर शाहले काठमाडौँ उपत्यकामा हिन्दी चलचित्र चलाउन रोक लगाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिएपछि राष्ट्रियताको सवालमा अदालतको आदेश नमान्ने भन्दै उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।
तपाईंको प्रतिकृया




