काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखामा महेश्वर गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष र सचिवमा निर्वाचन भएको थियो भने अन्य पदमा सर्वसम्मत भएको थियो ।
अध्यक्षमा गौतमले ३१५ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी तथा नेपाल टेलिभिजनमा कार्यरत दिलिपप्रकाश कार्कीले १२९ मत ल्याए । सचिवमा हिमाल प्रेसमा कार्यरत सन्तोष अधिकारीले २८५ मत ल्याएर विजयी भए भने नयाँपत्रिका दैनिकमा कार्यरत केशव पाण्डेले १५१ मत ल्याए ।
कुल ७५८ मतदाता रहेकोमा ४५३ मत खसेको थियो । जसमध्ये ११ मत बदर भएको हो । युनियनको जिल्ला खुला उपाध्यक्षमा रोमन आचार्य, समावेशी उपाध्यक्षमा श्रद्धा कोइराला, सहसचिवमा पूजा बगाले र कोषाध्यक्षमा प्रदिप कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।
सदस्यमा प्रविन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्ण बहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी, सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे (डेविड), राजु थापा, प्रशन्न मुलिक, मनोज भण्डारी, किशोर दाहाल, रामचन्द्र मिश्र, अनुप प्रधान, मिन्साङ लामा, रमेश सेन्चुरी, विनिता क्षेत्री, मुना दाहाल (आइशा), सिर्जना मिश्र, सकुन्तला राना मगर, प्रकृति खड्का र क्रेसिना ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।




