देउराली सहकारीद्वारा रकम फिर्ता पाउन बाँकी बचतकर्तालाई सम्पर्कमा आउन आह्वान

काठमाडौँ । २०७९ साल असारबाट समस्यामा परेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले ललितपुर सातदोबाटोमा रहेको केन्द्रीय कार्यालय, भक्तपुर सुर्यविनायक र न्युरोड काठमाडाैँमा रहेको सेवा काउन्टरका बचतकर्ताहरू, सञ्चालक समिति र कर्मचारीहरूलाई लक्षित गरी प्रेस विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्ति गर्दै सहकारीले सदस्य, कर्मंचारीहरुलाई सम्पर्कमा आई सदस्य सेवा काउन्टर न्युरोडबाट सदस्यहरुको फिर्ता दिन बाँकी बचत बापत विभिन्न स्थानका जग्गा, अपाङ्ग अशक्त र हस्पिटल भर्ना भएकाहरूलाई केही रकम दिइरहेकोले सम्पर्कमा आउन भनेको छ ।

संस्था समस्यामा परेपछि बचतकर्ताहरूकै समूह बनाइ उक्त समूहका बचतकर्ता कृष्ण प्रसाद कँडेल, नकुल आचार्य, जीवन श्रेष्ठहरूको संयुक्त नाममा गृहम डेभलपमेन्ट कम्पनी दर्ता गरी नवलपरासीको २९ कठा ४४ वटा घडेरी र ललितपुरमा महेश तिमल्सीना, यशोदा सिलवाल, रञ्जु सिलवाल, गोपाल मर्हजन, मंजिल शाक्य, रविन्द्र श्रेष्ठ, नविन्द्र श्रेष्ठ, भिम बहादुर मर्हजन, सुनिल शाक्य, श्रेया शाक्य, सविना श्रेष्ठ, नविन मर्हजन, कमला शाक्य, नारायण श्रेष्ठ, रसिक श्रेष्ठ, श्रेया श्रेष्ठ, शरिक श्रेष्ठ, स्वीकृति शेरचन, सन्तोष श्रेष्ठ, भुपेन्द्र कुमार शाह, आयन बक्स, नारायण दत्त जोशी, विनिता तिमल्सीना, निर्यान श्रेष्ठ, सक्षम प्रधान, हरि बहादुर श्रेष्ठ, लिला शाक्य लगायत सदस्यहरूले केही रकम आफू थपी करिब ३० करोडको जग्गा सेटलमेन्ट गरी संस्थालाई सहयोग गरिसकेको सहकारीले जनाएको छ ।

अरू जग्गा लिन इच्छुक सदस्यहरूले सदस्य सेवा काउन्टर न्युरोडमा गई छलफल गरी जग्गा लिन सकिने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी साना बचतकर्ताहरूलाई संस्थाले रकम व्यवस्थापन गरिरहेको र छिट्टै उनीहरूलाई रकम बाँड्ने तादाम्यता मिलाइएको सहकारीले जनाएको छ । संस्थालाई पहिलेकै स्थानमा ल्याउने यस हदको प्रयासको बाबजुद सञ्चालक समितिहरू सम्पर्कमा रही बचतकर्ताहरूको हितमा कार्य गरिरहँदा बजारमा विभिन्न सहकारी भागेका र जेल चलान भएकाहरूको अफवाह सुनी संस्था विरुद्ध लाग्ने केही व्यक्तिको कुरा सुनि धना, आन्दोलन तथा सञ्चालक समिति विरुद्ध विभिन्न सहकारी निकायमा उजुरी बाजुरी गरिरहेको हुँदा त्यस्ता कार्य बन्द गर्न पनि देउरालीले अपिल गरेको छ ।

देउरालीले रकम फिर्ता गर्न धेरै बाँकी नरहेको र बाँकी रहेकाहरू सम्पर्कमा आइ छलफलबाट आफना रकम सुरक्षण गर्न आग्रह समेत गरेको छ । पछिल्लो समय देउरालीका अध्यक्ष रविन्द्र चौलागाइ संस्था अप्ठेरोमा परेपछि आर्थिक लेनदेन गर्दा आफूलाई मर्कामा परि शोषण गर्ने अनुचित लेनदेनवाला र संस्थाको कर्जा लिई नतिर्ने बरु उल्टै धम्की दिने, अपचलन गर्नेहरू र कतिपय सञ्चालक तथा कर्मचारी विरुद्ध पनि उजुरी दिएका हुन ।

उजुरी पछि राजनीतिक दलहरूको आडमा गुण्डागर्दी र आपराधिक कर्ममा संलग्न व्यक्तिहरू लगाइ उल्टै मार्ने, काट्ने जस्ता धम्की दिइएकाले आफू सदस्यहरूमाझ आएर छलफल गर्न नसकेपनि सञ्चालक र केही कर्मचारीमार्फत आफनै निर्देशनमा पीडित बचतकर्ताहरूको बचत दिनरात खटिएर फिर्ता गरिरहेको अध्यक्ष चौलागाँइले बताएका छन् । देउराली सहकारीमा विभिन्न शीर्षकमा बचत रकम ८५ प्रतिशत फिर्ता भइसकेको र बाँकी रकम छिट्टै नै फिर्ता गरी संस्था पहिलाकै अवस्थामा फर्काउने प्रतिबद्धता प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस