गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार (भिडियोसहित)

काठमाडौं । नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ । रोमानियामा एक कार्यक्रममा उनीमाथी बियरको बोतल प्रहार भएको हो ।

गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्राप्त भिडियोमा प्रकाश सपूतले गीत गाइरहेको बेला अचानक दर्शक दिर्घाबाट बोतलको प्रहार भएको देखिन्छ ।

आफ्नाे सुरमा गीत गाइरहेका प्रकाशले बोतल आएको नदेख्दा छल्न सकेनन् र उनको अनुहारमै बोतल लागेको थियाे । त्यसलगत्तै हातले मुख छोप्दै स्टेज छाड्छन् । आयोजकले तत्काल बोतल प्रहार गर्नेलाई समातेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री