नेपालको विश्वकप खेल्ने सपना समाप्त

काठमाडौँ । नेपाल आइसीसी क्रिकेट विश्वकप क्वालिफायरबाट बाहिरिएको छ । शनिबार नेदरल्याण्डससँग ७ विकेटले हार बेहोरेसँगै नेपाल क्वालिफायरको समुह चरणबाटै बाहिरिएको हो ।

नेपालले दिएको १६८ रनको लक्ष्यलाई नेदरल्याण्डसले २७.१ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४४.३ ओभरमा अल आउट हुदै १६७ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३३ रन बनाए भने सन्दीप लामिछाने र कुशल भुर्तेलले २७-२७ रन बनाए । त्यस्तै भिम सार्कीले २२, गुलशन झाले १५, दिपेन्द्र सिंह ऐरीले १४, कुशल मल्लले १२ रन बनाएका थिए ।

त्यस्तै नेदरल्याण्डसका बलर लोगान भान बीकले ४ विकेट लिए भने बास डी लीड र विक्रमजित सिंहले २-२ विकेट लिएका थिए । त्यस्तै क्लेटन फ्लोयड र आर्यन दत्तले एक एक विकेट लिएका थिए ।

यो जितसँगै समुह ए बाट नेदरल्याण्डसले सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेको छ । नेदरल्याण्डससँगै समुह ए बाट वेस्टइन्डिज र जिम्बाबेले पनि सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेका छन् । समुह ए बाट नेपाल र अमेरिका समुह चरणबाटै बाहिरिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् …

प्रतिकृया दिनुहॊस