आज रास्वपाको पहिलो वार्षिकोत्सव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ । गत वर्ष असार ७ गते औपचारिक घोषणा गरिएको रास्वपाले आज पहिलो वार्षिकोत्सव मनाउने भएको हो ।

सो अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको जनाइएको छ । उक्त चियापान कार्यक्रममा पूर्व प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ ।

सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । साँझ देशभर घण्टी बजाउने निर्णय गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

व्यवसायी खेम सिंंह बेपत्ता, महाकाली किनारमा भेटियो कपडा

काठमाडौं । डडेल्धुराका एक व्यवसायी बेपत्ता भएका छन् । परशुराम नगरपालिका-५ परीगाउँका व्यवसायी अन्दाजी ५३ …

प्रतिकृया दिनुहॊस