साफको पहिलो खेलमा कुवेतसँग नेपाल ३-१ ले पराजित

काठमाडौं । साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले हार बेहोरेको छ । भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको हो ।

पहिलो हाफमै २-० को अग्रता लिएको कुवेतले दोस्रो हाफमा पनि गोल थपेको थियो । अन्जन विष्टले नेपालका लागि गोल फर्काएपनि नेपालले त्यसपछि गोल गर्न नसक्दा नतिजा बदल्न भने सकेन । कुवेतका लागि मोहमद अब्दुल्लाहले २ तथा खालेद हजियाले १ गोल गरे ।

समूह ए कै दोस्रो खेलमा आझ साँझ भारत र पाकिस्तान खेल्नेछन् । खेल ७:४५ बजे सुरु हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् …

प्रतिकृया दिनुहॊस