सेनेगलसामू निरिह नेइमार बिनाको ब्राजिल

काठमाडौँ । मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सेनेगलले ब्राजिललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको लिस्वनमा मंगलबार राति भएको खेलको ११औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाए । तर, ब्राजिलको त्यो अग्रता लामो समय टिकेन । २२औं मिनेटमा हबिब डियालोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

५२औं मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि ब्राजिल खेलमा २-१ ले पछि पर्यो । ५५औं मिनेटमा साडियो मानेले गोल गरेपछि ब्राजिल खेलमा ३-१ ले पछि पर्यो ।

५८औं मिनेटमा मार्किन्हसले गोल गर्दै खेललाई ३-२ को स्थितिमा ल्याए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि सेनेगलले ब्राजिलमाथि सानदार पूनरागमन जित निकाल्न सफल भयो ।

यस खेलमा ब्राजिलका नेइमार खेलेका थिएनन् । पछिल्लो मार्चमा पिएसजीबाट खेल्ने क्रममा घाइते भएका नेइमार अहिलेसम्म मैदानमा फर्किएका छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोनाल्डोले चार लिगमा जिते गोल्डेन बुट, बन्यो कीर्तिमान

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा गोल्डेन बुट जितेका छन् । यस सिजनको साउदी …

प्रतिकृया दिनुहॊस