प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम शुक्रबार हुने

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रबार हुने भएको छ ।प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शुक्रबार९असार ८ गते० प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो ।

सभाको मङ्गलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रवार हुनेगरी निर्धारण गरेको जानकारी दिए । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य सङ्ख्यालाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी जम्मा १७ समूहमा विभाजन गरिएको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री