प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई नेपाल बीमा प्राधिकरणले मिति साउन २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ ।

आसा महिना भित्र एकीकृत कारोबार गर्ने गरी दुवै कम्पनीको संयुक्त मर्जर समिति, सञ्चालक समिति र व्यवस्थापन समूह तयारीमा लागेका छन् । एकीकृत कारोबार पछि प्रचलनमा ल्याइने “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” को लोगो सार्वजनिक गरिएको छ । प्रभु लाइफ र महालक्ष्मी लाइफको देशै भरी १६७ शाखा/उपशाखा सञ्चालनमा भई ४४९ कर्मचारी कार्यरत रहेका रहेको बताइएको छ ।

प्रभु लाइफको बोनस शेयर जारी पछि दुवै कम्पनीको गरी ४२९.६ करोड चुक्ता पूँजी हुनेछ । बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि ९० करोड बराबर प्रिमियम मूल्यमा एफपिओ जारी गर्ने सहमति भएको जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप