क्रोएसियालाई हराउँदै स्पेन बन्याे च्याम्पियन

काठमाडौं । यूईएफए नेसन्स लिगको उपाधि स्पेनले जितेको छ। गएराति भएको खेलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेनले पहिलो पटक उपाधि जितेको हो। ​

रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा निर्धारित र अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो। चिरपरिचित प्रतिद्वन्द्वी दुवै टोलीले गोल गर्ने अवसर पाए पनि गोल हुन सकेन। पेनाल्टीमा स्पेनका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै क्रोएसियालाई ५-४ ले स्तब्ध बनाए। ​

पहिलो पटक २०१२ को युरोकपमा भेट हुँदा स्पेनले समूह चरणमा १-०को जित हात पारेको थियो। चार वर्षपछि युरोपकै समूह चरणको खेलमा क्रोएसियाले बदला लिँदै स्पेनलाई दुई-एकले पराजित गर्यो। २०१८ को नेसन्स लिगमा पहिलो खेलमा स्पेन ६-० गोलको फराकिलो अन्तरले विजयी भएको थियो। तर दुई महिनापछि क्रोएसियासँग स्पेन पराजित हुन पुग्यो।

पछिल्लो पटक २०२० को युरोकपको राउन्ड अफ सिक्सटीनमा यी दुईबीच प्रतिस्पर्धा भएको थियो। जसमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो।

सेमिफाइनलमा क्रोएसियाले, नेदरल्यान्डलाई अतिरिक्त समयमा ४-२ गोलले पराजित गरेको थियो। स्पेनले इटालीमाथि २-१ गोलको जित हात पारेको हो।

सन् २०१८ को विश्वकपमा उपविजेता बनेको कतारमा तेस्रो भएको टोली क्रोएसिया पहिलो पटक नेसन्स लिगको फाइनल पुगेको थियो तर पराजित हुन पुग्यो। स्पेन भने २०२१ मा फाइनलमा फ्रान्ससँग पराजित भएको थियो।

नेसन्स लिगको यो तेस्रो संस्करण हो। यसअघि २०१९ मा पोर्चुगलले पहिलो संस्करण जितेको थियो भने २०२१ मा फ्रान्सले दोस्रो संस्करण जितेको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोनाल्डोले चार लिगमा जिते गोल्डेन बुट, बन्यो कीर्तिमान

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा गोल्डेन बुट जितेका छन् । यस सिजनको साउदी …

प्रतिकृया दिनुहॊस