काठमाडौँ । पोखरा महानगरपालिकाले पनि भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ । आइतबार महानगरपालिकाले सिनेमा हलहरूलाई पत्र लेख्दै ‘आदिपुरुष’ को संवाद नसच्चिएसम्म भारतीय फिल्म प्रदर्शन नगर्न निर्देशन दिएको हो ।
महानगरले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने शब्दावली नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्रभित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको उल्लेख छ ।
यसअघि आइतबार नै काठमाडौं महानगरले पनि सोमबारदेखि आफ्नो क्षेत्रभित्र पर्ने हलहरूमा कुनै भारतीय फिल्म चल्न नदिने घोषणा गरेको छ ।
प्रतिकृया दिनुहॊस