काठमाडाैँ । भारतमा डोटीकी एक महिलाको बलात्कारपछि हत्या गरिएको छ । डोटीको शिखर नगरपालिका सुर्कालकी ती महिलाको भारतको गुजरातस्थित वापीमा हत्या भएको हो ।
उनको शव गत जेठ ३० गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो । उनी पति अर्जुन पार्कीसहित छोरीहरुसँग विगत ४ महिनादेखि बसिरेकी थिइन् । पति एक होटलमा काम गर्ने गरेको र घटनाको रात पनि होटलमै रहेका थिए ।
तीन छोरी साथमा रहेको बेला कोठामा ३ जना अज्ञात व्यक्ति प्रवेश गरी बलात्कारपछि लक्ष्मीको हत्या गरेको आफन्तले बताएका छन् । भारतीय प्रहरीले तिनै आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको मृतकका आफन्तले बताएका छन् ।
तपाईंको प्रतिकृया




